उर्लाबारीका मेयर खरेलमाथि मुक्का प्रहार
विराटनगर । मोरङको उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेलमाथि सोमबार मुक्का प्रहार भएको छ । कार्यपालिका बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनीमाथि मुक्का प्रहार भएको हो ।
प्रहरीका अनुसार उर्लाबारी नगरपालिका–७ का ४८ वर्षीय मिलन भण्डारीले नगर प्रमुख खरेलको अनुहारमा मुक्का प्रहार गरेका हुन् । उनलाई प्रहरीले पक्राउ गरेको छ ।
मेयरमाथि आक्रमण गर्नुपर्ने कारण खुलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले भण्डारीविरुद्ध अभद्र व्यवहार मुद्दा चलाउने तयारी गरेको छ ।
भण्डारीले योग शिविर सञ्चालनका लागि मेयरसँग रकम माग गरेका थिए । मेयर खरेलले तत्काल सम्भव नहुने भन्दै प्रक्रिया पूरा गरेर सहयोग गर्ने आश्वासन दिएको उनको सचिवालयले जनाएको छ । तर बैठकबाट निस्कनासाथ भण्डारीले मेयरलाई आक्रमण गरेको सचिवालयको भनाइ छ ।
प्रतिक्रिया
