अमेरिकी राष्ट्रपति निर्वाचनको प्रचारप्रसार अन्तिम चरणमा

काठमाडौँ । अमेरिकी राष्ट्रपति निर्वाचनको प्रचारप्रसार अन्तिम चरणमा पुगेको छ । आफ्नो चुनावी अभियानलाई ध्यानमा राख्दै रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्व अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले न्यूयोर्कमा र्याली आयोजना गर्दै ‘अमेरिका फर्स्ट’ भन्ने आफ्नो पुरानो नारालाई दोहोर्याएका छन् ।

सन् २०१६ मा पहिलो पटक राष्ट्रपति बनेपछि ट्रम्पले ‘अमेरिका फर्स्ट’को नारा दिएका थिए । सन् २०२० को चुनावमा यही नाराका साथ उनी चुनावी मैदानमा उत्रिएका थिए ।

अमेरिकीहरूलाई बन्दुक राख्ने अधिकार दिने अमेरिकी संविधानको दोस्रो संशोधन पनि खतरामा रहेको ट्रम्पले जानकारी दिएको त्यहाँका सञ्चार माध्यमले उल्लेख गरेका छन् । यसैबीच, डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले अमेरिकी राष्ट्रपति चुनावको अभियानमा फिलाडेल्फियामा एक र्यालीलाई सम्बोधन गरेकी छन् ।

र्‍यालीमा ह्यारिसले विशेष गरी युवा र पहिलो पटक मतदातालाई प्रभाव पार्ने प्रयास गरेकी थिइन् । उनले वर्तमान जेनेरेशन ‘जेन जी’ अमेरिकीलाई पनि लोभ्याउने प्रयास गरेको जनाइएको छ । ‘ह्यारिसले आजका युवा अमेरिकी मतदाताले बारम्बार गोलीबारीका घटनाहरू र जलवायु संकट जस्ता समस्याहरू बुझेको र उनीहरू आफ्ना पुस्ता भन्दा पनि अधिकारका साथ बाँचिरहेको बताइन् । ह्यारिसले उक्त मुद्दा राजनीतिक मात्र नभएर जनताको जीवनसँग जोडिएको उल्लेख गरिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *