मुद्दा जिताइदिने भन्दै १ करोड २८ लाख ठगी
प्रतीकात्मक तस्बिर
काठमाडौँ । मुद्दा जिताइ दिने आश्वासन दिएर एक करोड २८ लाख रुपैयाँ ठगेको आरोपमा प्रहरीले ललितपुरका ४५ वर्षीय रवीन्द्र महर्जनलाई पक्राउ गरेको छ ।
उनले काठमाडौँ–निजगढ फास्ट ट्रयाक टेण्डरमा सहभागी हुने क्रममा भएको निर्णयउपर उच्च अदालतमा विचाराधीन रहेको मुद्दा जिताई दिन्छु भनेर ठगी गरेको प्रहरीको भनाइ छ ।
मुद्दा जिताइदिने भनेर रकम माग गरेको र नदिए हराई दिने धम्की समेत दिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । त्यस क्रममा महर्जनले एक करोड २८ लाख ठगेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
थप अनुसन्धान तथा कारबाहीको लागि महर्जनलाई जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
