आइसीसी लिग-२ : अमेरिकासँग नेपाल ३ विकेटले पराजित

काठमाडौँ । आइसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत अमेरिकासँगको खेलमा नेपाल पराजित भएको छ। अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा आइतबार राति भएको खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको हो। नेपालले दिएको २८७ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९.४ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।

अमेरिकाका लागि शयान जगागिरले १०४ रनको शतकीय पारी खेलेका थिए भने कप्तान मोनांक पटेलले ६२, हर्मीत सिघले ५७ रन बनाएका थिए । त्यसैगरी नेपाली बलर कुशल भुर्तेलले ४, सोमपाल कामीले २ र ललित राजबंशीले एक/एक विकेट लिएका थिए ।

यस अघि नेपालले टस हरेर पहिला ब्याटिङ गर्दै ५० ओभरमा अल आउट हुँदै २८६ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ९६ रन बनाएका थिए भने अनिल शाहले ५६, आसिफ सेखले ५२ र आरिफ सेखले ३७ रन बनाएका थिए ।

योसँगै नेपालको विश्वकप लिग-२ मा सातौँ हार बेहोरेको छ । अहिलेसम्म ९ खेलमा ७ हार बेहोरेको नेपाल केवल ३ अंकसहित सातौं स्थानमा छ । त्यस्तै अमेरिकाले भने सातौं जित हासिल गरेको छ । यो जितपछि अमेरिकाको १० खेलमा १४ अंक भएको छ र लिगमा दोस्रो स्थानमा छ ।

अब सिरिजमा अर्को खेल मंगलबार राति नेपालले स्कटल्याण्डसँग खेल्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *