सुकुना क्याम्पसमा पूर्वविद्यार्थीको समिति

विराटनगर । मोरङको सुन्दरहरैँचास्थित सुकुना बहुमुखी क्याम्पसबाट बीएस्सी उत्तीर्ण गरी उच्चशिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरु संगठित भएका छन् । विभिन्न सेवामा कार्यरत पूर्वविद्यार्थीको भेलाले पूर्वविद्यार्थी समाज र समाजको विधानको अधिनमा रहने गरी ११ सदस्यीय पूर्वविद्यार्थी समाज विज्ञान शाखा समिति गठन गरिएको हो ।

समितिको संयोजकमा सुगल भट्टराई, सहसंयोजक यमुना बस्नेत, सचिव देवेन्द्र गिरी, सहसचिव एलिजा लम्साल, कोषाध्यक्ष नवराज श्रेष्ठ चुनिएका छन् । सदस्यमा सूर्य भट्टराई, प्रशान्त अधिकारी, प्रशान्त राई, रोजिना कार्की, प्रदीप निरौला र विराज बस्नेत छन् ।

कमिटी गठनमा सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दहाल, विज्ञान कार्यक्रमका संयोजक टीकाप्रसाद उपाध्याय र पूर्वविद्यार्थी समाजका अध्यक्ष नारायण सुवेदीले सहजीकरण गरेका थिए ।

विएस्सी २०६९ ब्याजका पूर्वविद्यार्थी चन्द्रबहादुर धिमालको सभापतित्वमा भएको भेलामा बिएस्सीतर्फका पूर्वविद्यार्थीहरू यमुना बस्नेत, नवराज श्रेष्ठ, प्रशान्त अधिकारी, नवीन फुँयल, राजु भट्टराई, देवेन्द्र गिरी, आशिष श्रेष्ठ र इपेन्द्र तामाङले बिएस्सी अध्ययनका अनुभव सुनाएका थिए ।

भेलामा कम्प्युटर शिक्षक अतुल भट्टराई र विज्ञान कार्यक्रमका संयोजक टीकाप्रसाद उपाध्यायले पूर्वविद्यार्थीहरूले क्याम्पसलाई महत्वपूर्ण सुझाव, आर्थिक, भौतिक र नैतिक सहयोग गरेमा विज्ञान कार्यक्रमलाई थप टेवा पुग्ने धारणा राखेका थिए ।

क्याम्पसको पूर्वविद्यार्थी समाजका अध्यक्ष नारायण सुवेदीले क्याम्पसमा पूर्वविद्यार्थीहरूको विज्ञान शाखा, व्यवस्थापन शाखा, शिक्षा शाखा, मानविकी शाखा, बिबिए शाखा र बिआईसिटिई शाखा समिति गठन गर्ने र ती सबै शाखाका संयोजकहरूलाई मूल समितिमा पदेन सदस्य हुने व्यवस्था गरेर पूर्वविद्यार्थीहरूको व्यापक नेटवर्किङ गरी समितिले क्याम्पसका लागि प्रभावकारी कार्य गर्ने प्रतिवद्धता जनाए ।

प्रमुख अतिथि क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले भेलाको उद्घाटन गर्दै क्याम्पसका सबै गतिविधिहरूको प्रस्तुतीकरण गरी क्याम्पसका कार्यक्रमहरू पूर्ण सफल बनाउन आह्वान गरे ।

कार्यक्रममा पूर्वविद्यार्थी समाजका उपाध्यक्ष भवानी पोखरेल, सहसचिव लाबण्यकुमार अधिकारी, सदस्य लोकप्रकाश भट्टराई लगायत विज्ञान सङ्कायका शिक्षकहरू र बिएस्सी तर्फका पूर्वविद्यार्थी एवं बिएस्सीमा अध्ययनरत विद्यार्थी गरी १५० जनाभन्दा बढीको सहभागिता थियो ।

कार्यक्रममा बिएस्सीका विद्यार्थीहरू क्रमश महम्मद जरक र रेखा रिजालले सुमधुर गीत गाएर मनोरञ्जन गराएका थिए । पूर्वविद्यार्थी एलिजा लम्सालले स्वागत गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन बिएस्सीका पूर्वविद्यार्थी दीवाकर न्यौपानेले गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *