महिला साफ : नेपाल र भारत सेमिफाइनल खेल्दै

काठमाडौँ । साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा आज आइतबार नेपालले पाँच पटकको विजेता भारतविरुद्ध खेल्दैछ । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ६ बजे फाइनलमा पुग्ने लक्ष्यसाथ दुई देशका टिम भिड्नेछन् ।

घरेलु टिम नेपाल र भारत लगातार दोस्रो पटक सेमिफाइनलमा भिड्न लागेका हुन् । पछिल्ला संस्करणमा नेपालले भारतलाई हराएर साफ महिला च्याम्पियनसिपको फाइनल खेलेको थियो।

पछिल्ला तीन खेलमा भारतसँग नेपाल हारेको छैन । समग्रमा भने नेपालमाथि भारत हाबी छ। दुई देशबीच १७ खेल भएका छन् । जसमा भारतले ११ र नेपालले दुई खेलमा जित निकालेको छ । नेपाली टोली भारतसँग यसअघि साफको फाइनलमा चार पटक पराजित भएको थियो ।

यसपटक पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिएको नेपालले दोस्रो खेलमा माल्दिभ्सलाई ११–० र तेस्रो खेलमा श्रीलङ्कालाई ६–० ले हराएको थियो । आजै हुने अर्को खेलमा बङ्गलादेश र भुटान भिड्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *