डेनिला कार्की बनिन् ‘मिसेस नेपाल वर्ल्ड २०२४’
काठमाडौँ । मिसेस नेपाल वर्ल्ड २०२४ को उपाधि डेनिला कार्कीले जितेकी छन् । शनिबार राति काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित ग्राण्ड फिनालेमा विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिताको विजेता घोषणा गरिएको हो ।
प्रतियोगितामा एलिना घिमिरे फस्ट रनरअप, किरण कार्की सेकेन्ड रनरअप र अनु कार्की थर्ड रनरअप घोषित भए ।
विजेता कार्कीलाई माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला र अभिनेत्री वसन्धुरा भुषालले पुरस्कार प्रदान गरे । कार्कीले अमेरिकामा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको अवसर पाएकी छन् ।
मिसेस नेपाल इन्टरनेसनल सुयशा राउत, एमएस नेपाल इन्टरनेसनलको उपाधि रेश्मा घिमिरेले जिते । उनीहरुले सिंगापुरमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउनेछन् ।
रिबन इन्टरटेनमेन्टले प्रतियोगिताको आयोजना गरेको हो ।
प्रतिक्रिया
