नेपाल प्रहरीका जवान कोठामा मृत भेटिए

विराटनगर । नेपाल प्रहरीका एक जना जवान झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । विराटनगर महानगरपालिका–१ शान्ति चोकमा डेरा गरेर बस्ने ३१ वर्षीय योगेन्द्रकुमार कार्की मृत फेला परेका हुन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार संखुवासभाको मादी नगरपालिका–१ घर भइ जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत कार्की राति करिब सवा ८ बजेतिर झुन्डिएको अवस्थामा भेटिएका हुन् ।

पंखाको हुकमा नाइलनको डोरीको पासो लगाएको पाइएको प्रहरीले जनाएको छ । उनकी श्रीमती इन्दु थापा जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत छिन् । ड्युटी सकेर कोठा पुग्दा भित्र बच्चा रोइरहेको अनि ढोका बन्द रहेको देखेर इन्दुले नै कार्यालयमा खबर गरेकी थिइन् । प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *