सिटी सफारीको ब्याट्री चार्ज गर्दा करेन्ट लागेर मृत्यु
सांकेतिक तस्बिर
झापा । सिटी सफारीको ब्याट्री चार्ज गर्ने क्रममा करेन्ट लागेर झापाको भद्रपुरका ३६ वर्षीय शम्भु सहनीको मृत्यु भएको छ । भद्रपुर नगरपालिका–५ देवीवस्तीका सहनीलाई आफ्नै घरमा बिजुलीबाट ब्याट्री चार्ज गर्ने क्रममा शुक्रबार करेन्ट लागेको थियो ।
गम्भीर घाइते भएका उनको उपचारका क्रममा ओमसाई पाथीभरा अस्पतालमा मृत्यु भएको झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
