विराटनगरमा शनिबारदेखि नरेश श्रेष्ठ स्मृति राष्ट्रिय क्रिकेट

विराटनगर । विराटनगरमा शनिबारदेखि नरेश श्रेष्ठ मेमोरियल मेन्स यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा कोशी र मधेश प्रदेशको टिमले प्रतिस्पर्धा गर्नेछन् ।

क्यानका उपाध्यक्ष रहीसकेका दिवंगत श्रेष्ठको स्मृतिमा प्रतियोगिता हुन लागेको हो ।

सिंगल राउण्ड रोबिनका आधारमा विराटनगरस्थित बैजनाथपुरको गिरिजाप्रसाद कोइराला क्रिकेट मैदान र मेर्लिबोन विराटनगर ज्वाला क्रिकेट मैदानमा हुनेछ । कात्तिक १० देखिदेखि कात्तिक २१ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद २ लाख रुपैयाँ, उपविजेताले १ लाख रुपैयाँका साथ ट्रफी प्राप्त गर्ने छन् ।

व्यक्तिगत विधातर्फ दैनिक प्लेयर अफ द म्याचले ३ हजार, म्यान अफ द सिरिजले ३५ हजार, उत्कृष्ट बलर र ब्याटर जनही २०–२० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रतियोगिता सञ्चालनका लागि १ करोड ९० लाख ९६ हजार रुपैयाँ खर्च हुने अनुमान छ ।

कोशी प्रादेशिक क्रिकेट संघले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो । संघका अध्यक्ष शर्वजितराज पाण्डेका अनुसार सबै तयारी पूरा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का प्रतिनिधि प्रवल गौतमले क्यानको वार्षिक कार्यक्रमअनुसार यसपटक कोशी प्रादेशिक क्रिकेट संघको समन्वयमा विराटनगरमा प्रतियोगिता हुन लागेको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *