साफ च्याम्पियनसिप : नेपाल र भुटान बराबरी

काठमाडौँ । नेपाल साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा भुटानसँग बराबरीमा रोकिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल र भुटानले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

साफमा कुनै पनि टिमसँग नेपालको यो पहिलो बराबरी हो । नेपालकी रेखा पौंडेल दोस्रो हाफमा मैदान प्रवेश गरेपनि गोल गर्न सकिनन् । भुटान विरुद्ध नेपालका दुई खेलाडी घाइते हुँदै मैदान बाहिरिनु नेपालको लागि राम्रो रहेन।

पहिलो हाफको इन्जुरी टाइममा हिरा कुमारी भुजेल र दोस्रो हाफमा दीपा शाहीलाई स्ट्रेचरबाटै बाहिर ल्याउनुपरेको थियो। पहिलो हाफमा नेपालको फिनिसिङ राम्रो नहुँदा गोल गर्न सकेन ।

बराबरीपछि समूह ‘ए’ मा दुवै टोलीले समान १ अंक जोडेका छन् । नेपालले अब सोमबार माल्दिभ्ससँग खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *