बालिकालाई वेश्यावृत्तिमा लगाउने पक्राउ

काठमाडौँ । काठमाडौँको नयाँ बसपार्कस्थित एउटा गेस्ट हाउसमा राखेर बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा प्रहरीले नुवाकोटको तादी गाउँपालिका–६ घर भएका सुजन तामाङलाई पक्राउ गरेको छ ।

२९ वर्षीय तामाङलाई टोखा नगरपालिका–९ बाट पक्राउ गरिएको हो । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसपी गौतम मिश्रका अनुसार गेस्ट हाउसमा राखेर वेश्यावृत्ति गर्न बाध्य बनाएर एक रातको ६ हजारसम्म असुल्ने गरेको पाइएको छ ।

ती बालिकालाई उनले १ महिनासम्म गेस्ट हाउसबाट बाहिर निस्कन नदिइ जबरजस्ती यौन सम्पर्क गर्न बाध्य बनाएको सूचना पाएपछि प्रहरीले निगरानी गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *