टी-२० शृङ्खलामा नेपाल र अमेरिका भिड्दै

काठमाडौँ । नेपाल र अमेरिकाबीचको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला आज शुक्रबार सुरू भएको छ ।

शृङ्खलाको पहिलो खेल डालासको ग्रान्ड प्रिएरी रङ्गशालामा भइरहेको छ । नेपालले अमेरिकाबीचको दोस्रो टी–२० खेल आइतवार र तेस्रो तथा अन्तिम खेल सोमवार हुनेछ ।

यो टी–२० शृङ्खलापछि अमेरिकामै विश्वकप लिग–२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्यान्डबीचको त्रिदेशीय एकदिवसीय शृङ्खला हुनेछ ।

नेपालले अमेरिकासँग टी–२० अन्तर्राष्ट्रिय खेल पहिलो पटक खेल्न लागेको हो । नेपाल र अमेरिकाबीच यसअघि सात वटा एकदिवसीय खेल भएकोमा चार खेलमा नेपाल विजयी हुँदा दुई वटामा हार र एक खेल नतिजाविहीन भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *