भारतले पाकिस्तानलाई हरायो, आज नेपाल र भुटान भिड्दै

काठमाडौँ । एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको उद्घाटन खेलमा भारत विजयी भएको छ । दशरथ रंगशालामा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा भारतले पाकिस्तानलाई ५-२ गोल अन्तरले हरायो ।

जितसँगै भारतले ३ अंक जोडेको छ । पहिलो हाफमा ४–१ गोलको अग्रतामा रहेको भारत दोस्रो हाफमा सुस्त सुरुवात गर्दा दबाबमा परेको थियो ।

पाकिस्तानले दोस्रो हाफको सुरुवातमै अर्को गोल थपेपछि लगातार दबाब कायम गरे पनि गोल संख्या बढाउन नसक्दा पाकिस्तान खेलमा फर्कन सकेन ।

भारतका लागि ग्रेस दाङमेइले २ गोल, मनिषा, बाला देवी र ज्योति चौहानले सामान १–१ गोल गरे । पाकिस्तानका लागि सुहा हिरानी र कायला सिद्दिकीले गोल गरे ।

भारत महिला साफको ५ पटकको विजेता हो भने पाकिस्तानले अहिलेसम्म फाइनलमा स्थान बनाउन सकेको छैन ।

नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेशको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल कात्तिक १४ गते हुनेछ । प्रतियोगिताअन्तर्गत शुक्रबार पहिलो खेल माल्दिभ्स र श्रीलंका तथा दोस्रो खेल नेपाल र भुटानबीच प्रतिस्पर्धा हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *