साफ महिला च्याम्पियनसिप काठमाडौँमा आजदेखि
फाइल तस्बिर
विराटनगर । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप आज बिहीबार सुरु हुँदैछ । च्याम्पियनसिप अन्तर्गतका खेलहरु काठमाडौँस्थित दशरथ रङ्गशालामा हुनेछ ।
प्रतियोगिताको उद्घाटन खेल भारत र पाकिस्तानबीच हुनेछ । नेपालले शुक्रबार भुटानसँग खेल्नेछ ।
सातौँ संस्करणको यो प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश सहभागी छन् । प्रतियोगिताको फाइनल खेल कात्तिक १४ गते हुनेछ ।
प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । साबिक विजेता बङ्गलादेशसहित भारत र पाकिस्तान समूह ‘ए’ मा छन् । समूह ‘बी’ मा नेपालसँगै भुटान, श्रीलङ्का र माल्दिभ्स छन् ।
प्रतिक्रिया
