कात्तिक २ र ३ गते देशभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कात्तिक २ र ३ गते देशैभर बालबालिकालाई भिटामिन ए क्याप्सुलसँगै जुकाको औषधि खुवाउने भएको छ । राष्ट्रिय पोषण कार्यक्रम अन्तरगत औषधि खुवाउन लागिएको हो ।
मन्त्रालयले १५ महिनासम्म लगाउनुपर्ने कुनै पनि नियमित खोप छुटेको छ भने ५ वर्ष मुनिका बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा लगेर खोप लगाउन पनि आग्रह गरेको छ ।
खोप कार्यक्रमबारे थप जानकारीका लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा नजिकैको स्वास्थ्य संस्था वा वडा कार्यालयमा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ ।
प्रतिक्रिया
