पूर्वी नेपालमा भूकम्पको धक्का

विराटनगर । पूर्वी नेपालमा भूकम्पको धक्का महसुस भएको छ । सोमबार राति १०ः३२ मा भूकम्पको धक्का महसुस भएको हो ।

राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु खोटाङको कुबिन्डे भन्ने स्थानमा थियो । भूकम्पको तीव्रता भने ४‍‍‍.३ म्याग्निच्युडको थियो । भूकम्पको महसुस पूर्वी जिल्लाहरुका भएको थियो ।

यसअघि असोज १५ गते सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । जलवीरे केन्द्रबिन्दु भएर भूकम्पको तीव्रता ३‍.६ म्याग्निच्युड थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *