ट्रकको ठक्करले सशस्त्र प्रहरीको मृत्यु

विराटनगर । मोरङको बूढीगंगामा ट्रकको ठक्करबाट आइतबार सशस्त्र प्रहरीका जवानको मृत्युु भएको छ । ट्रकले ठक्कर दिंदा मोटरसाइकलमा सवार जवान २७ वर्षीय चन्द्रबहादुर तामाङको मृत्यु भएको हो । उनको घर संखुवासभा हो ।

बूढीगंगा गाउँपालिका–४ गोकुवा चोकमा प्रदेश १–०२–०५४ प ९२०२ नम्बरको मोटरसाइकललाई प्रदेश १–०२–००१ क ३७१३ नम्बरको ‘मिक्सचर ट्रक’ ले ठक्कर दिएको थियो ।

मोटरसाइकलको पछाडि बसेका सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण कंकालिनी टंकीसिनवारीमा कार्यरत सशस्त्र प्रहरी जवान तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक अर्का जवान धनकुटाको साँगुरीगढी–३ घर भएका ३० वर्षीय युशन राई घाइते भएका छन् ।

मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीका अनुसार गम्भीर घाइते भएका तामाङलार्य उपचारका लागि विराट शिक्षण अस्पताल लगिएको थियो । त्यहीँ उनको मृत्यु भएको हो । प्रहरीले ट्रक र चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–६ का ३० वर्षीय सुवास झाँगडलाई नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *