क्रसरको खाल्डोमा डुबेर दाजुभाइको मृत्यु

विराटनगर । मोरङको केराबारीस्थित कृष्ण क्रसरको परिसरमा रहेको खाल्डोमा डुबेर बिहीबार दुईजना नाबालकको मृत्यु भएको छ । क्रसरले प्रयोग गर्ने खाल्डोमा जमेको पानीमा डुबेर केराबारी–८ का तोयानाथ चौलागाईंका छोराहरु ६ वर्षीय रामचरण र १० वर्षीय भूपेनंको मृत्यु भएको हो ।

उनीहरु दाजुभाइ हुन् । मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीका अनुसार भाइको शवलाई बाहिर निकालेर पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

दाजुको शव भने आफन्त र स्थानीयले खाल्डोबाट निकाल्न दिएका छैनन् । क्रसरको लापर्बाहीले घटना भएको स्थानीय बासिन्दाले आरोप लगाएका छन् । दोषीमाथि कारबाही नभएसम्म शव निकाल्न नदिने अडान आफन्त र स्थानीयको छ । प्रहरीले घटनाबारे छानबिन सुरु गरिएको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *