सुनसरीको तरहरा र आसपास क्षेत्रमा अत्यधिक वर्षा हुँदै
सुनसरी र मोरङको सीमा भएर बग्ने बुढी खोला । फाइल तस्बिर
विराटनगर । सुनसरीको तरहरा र आसपासका क्षेत्रमा आज बिहानैदेखि अत्यधिक वर्षा भइरहेको छ । पछिल्लो ३ घण्टामा सुनसरीको त्यस क्षेत्रमा धेरै वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पछिल्लो मापनअनुसार तरहरामा ६६.८ मिलिमिटर र मोरङको केराबारी क्षेत्रमा ५२.८ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ ।
थप वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । निरन्तर ठूलो वर्षाको सम्भावना रहेकोले त्यस क्षेत्र भई बग्ने सर्दु, सुनसरी खोला, बुढी खोला, केसलिया खोला लगायत अन्य ससाना खोलामा आकस्मिक बाढीको जोखिम रहेको विभागले बताएको छ ।
उक्त क्षेत्रको होचो भूभागमा डुबानको जोखिम रहेकोले दिउँसोसम्म सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । यसैगरी, यात्रा गर्दा पनि सावधानी अपनाउन भनिएको छ ।
प्रतिक्रिया
