पर्वको अवसरमा विराटनगरमा सांगीतिक महोत्सवको तयारी
विराटनगर । विराटनगरमा कात्तिक १० गते सांगीतिक महोत्सव सांगीतिक महोत्सव हुने भएको छ । मेनरोडस्थित जैन भवनको खुला मैदानमा महोत्सव हुने भएको हो ।
लाइभ इन्टरटेनमेन्टको व्यवस्थापन र संयोजनमा हुने फेस्टिबलमा गायक तथा ब्याण्ड स्वपना सुमन र पूर्ण राईलगायतका कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
दसैं, तिहार र छठ पर्वको समय पारेर आयोजना गरिँदै आएको ‘विराटनगर फेस्टिबल’ ले दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्नुका साथै सामाजिक सद्भाव बढाउन महत्वपूर्ण सहयोग गर्ने अपेक्षा आयोजकको छ ।
महोत्सवमा स्थानीय परिकारहरुको स्वाद दिन फुडस्टलको व्यवस्था र कार्यक्रम प्रायोजकका केही स्टल रहने म्युजिक फेस्टिबलका संयोजक सन्तोष महत (स्यान्ट्रो) ले बताए ।
कार्यक्रम सम्पन्न गर्न १४ लाख खर्च लाग्ने आयोजकले अनुमान गरेको छ । अग्रिम बुकिङ गरेमा टिकट प्रवेश शुल्क २ सय र कार्यक्रमको दिन टिकट शुल्क ३ सय लाग्ने जनाइएको छ ।

