बाढीको पीडा
बाढी आयो गाउँमा त्रास फैलायो सब थला बगायो,
छानो उडायो, खेत डुबायो, सारा धरा बगायो ।
नदी रिसायो, किनारै छोडेर उसले संहार गर्यो,
खेत-खलिहान बगर बनाई गाउँको सपना बगायो ।
पुल भत्कायो, बाटो टुटायो, सारा यात्रा रोक्यो,
जीवनको सुन्दर यात्रा, ओठको हाँसो बगायो ।
नेता त कुर्सीमा रमायो, विज्ञप्तिमा काम चलायो,
तर बाढीले जनताको होसहवास सबै बगायो ।
-सुनबर्षी, मोरङ
प्रतिक्रिया
