बाढी पहिरो : १७० जनाको मृत्यु, ४२ बेपत्ता

काठमाडौँ । बाढी पहिरोका कारण चार दिनयता देशका विभिन्न स्थानमा १७० जनाको मृत्यु भएको छ । गृह मन्त्रालयको पछिल्लो विवरणअनुसार ४२ जना बेपत्ता भएका छन् । १११ जना घाइते भएको मन्त्रालयले जनाएको छ ।

आइतबार राति आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले खोज तथा उद्धार र राहतका लागि सबै सुरक्षा निकायहरू परिचालित भएको जानकारी दिए ।

ती टोलीहरुले हालसम्म विपद् प्रभावित चार हजार जनाको उद्धार गरिएको उनले बताए । आइतबार काभ्रेपलान्चोक, सिन्धुली, ललितपुर लगायतका जिल्लाका विभिन्न स्थानबाट विपद्का कारण घाइते भएका र अलपत्र परेका १६२ जनाको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।

मन्त्रालयले बाढी पहिरोमा घाइते भएकाहरूको सरकारी अस्पतालमा निःशुल्क उपचारको भइरहेको जनाएको छ । खोज तथा उद्धार र राहतको कार्यलाई उच्च प्राथमिकताका साथ निरन्तरता दिइने मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *