श्रीलङ्का टापुमा फसेका २५ जनाको उद्धार

सुनसरी । बाढीका कारण सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ नम्बर वडास्थित श्रीलङ्का टापुबाट बाहिर आउन नसकेका २५ जनाको उद्धार गरिएको छ । बराहक्षेत्र–६ ठाकुरवारीस्थित कोशीको भँगालोबीच रहेको टापुमा भैंसीपालन गरी बस्दै आएकाहरू शुक्रबारदेखि सप्तकोशी नदीमा आएको बाढीका कारण थुनिएका थिए ।

प्रहरीको सहयोगमा डुङ्गामार्फत २५ जनालाई उद्धार गरिएको बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले जानकारी दिए । नगरप्रमुख कार्कीका अनुसार शुक्रबारदेखि कोशी नदीमा जलसतह बढेर बाढी आएपछि उनीहरु टापुबाट निस्कन निस्कन सकेका थिएनन् ।

‘कोशीमा पानीको बहाव घटेसँगै बिहान नेपाली सेना, नेपाल प्रहरी र स्थानीयको सहयोगमा डुङ्गामार्फत २५ जनाको सकुशल उद्धार गरिएको छ’ कार्कीले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *