बाढी पहिरोमा ३७ को मृत्यु, ५१ सम्पर्कविहीन

काठमाडौँ । देशभर बाढी र पहिरोको घटनामा परेर हालसम्म ३७ जनाको मृत्यु भएको छ । दुई दिनयता विभिन्न जिल्लामा गरी ५१ जना बेपत्ता भएका छन् ।

प्रहरीका अनुसार १ हजार २९८ जनाको सकुशल उद्धार गरिएको छ । बाढी पहिरोका कारण १ सय ९५ वटा घरमा भौतिक क्षति पुगेको जनाइएको छ ।

अविरल वर्षा र बाढीका कारण काठमाडौँ उपत्यकामा ३२ जनाको मृत्यु भएको छ । १२ जना बेपत्ता भएका छन् । उपत्यका प्रहरी कार्यालयका अनुसार काठमाडौँमा ११ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन् ।

ललितपुरमा १६ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् । भक्तपुरमा ५ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार काठमाडौंमा १० जना, ललितपुरमा ५ जना र भक्तपुरमा २ जना घाइते भएका छन् ।

यसैगरी, पाँचथरमा पहिरोले घरसहित पुरिएर दुईजना, धनकुटामा पनि समान घटनामा दुईजना र पाँचथरमै अर्का एकजनाको पहिरोका कारण मृत्यु भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *