बाढीले टावर बगाएपछि काठमाडौँमा बिजुली आपूर्ति प्रभावित

काठमाडौँ । तामाकोशी नदीको बाढीले खिम्ती-लामासाँघु प्रसारण लाइनको टावर बगाएपछि काठमाडौँ उपत्यकामा विद्युत आपूर्ति प्रभावित भएको छ । बाढीले उक्त प्रसारण लाइनको ७ नम्बर टावर बगाएको हो ।

१३२ केभीको प्रसारण लाइनबाट विद्युत आपूर्ति बन्द भएपछि काठमाडौँ उपत्यका प्रभावित बनेको छ । लाइन दुरुस्त नबन्दासम्म काठमाडौँलाई बिजुली अपुग हुने जनाइएको छ । विभिन्न स्थानमा पालो गरेर आपूर्ति गरिने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

उता, ढल्केबर–पथलैया प्रसारण लाइन पनि अवरुद्ध भएको छ । यसले गर्दा ढल्केबर पश्चिममा बिजुली आपूर्ति प्रभावित भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *