वडाध्यक्षले सेवाग्राहीबाट घुस लिएपछि…
झापा । सेवाग्राहीबाट घुस लिएको आरोपमा झापाको बुद्वशान्ति गाउँपालिका–२ का वडाध्यक्ष डिल्लीप्रसाद ओली पक्राउ परेका छन् । भारतको सिलिगुढी निवासी अमरनाथ चौहानबाट जग्गा मिलाइदिने नाममा घुस लिँदालिँदै उनलाई पक्राउ मंगलबार गरिएको हो ।
बिर्तामोडको व्यापारिक केन्द्र हनुमान सेन्टर परिसरमा सेवाग्राहीबाट ८० हजार रुपैयाँ घुस रकम लिँदालिँदै ओलीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय अनारमनीको जिम्मा लगाइएको हो ।
भारतीय नागरिक चौहान जग्गासम्बन्धी कारोबारमा वडाध्यक्ष ओलीलाई रकम बुझाउन बिर्तामोड आएका थिए । वडाध्यक्षले रकम नदिए काम रोक्ने भनेपछि चौहानले पैसा दिएको बताएका छन् । प्रहरीले दुवै जनालाई कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयमा पठाएको छ ।
प्रतिक्रिया
