आईसीसी विश्वकप लिग-२ नेपाल र ओमान भिड्दै
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत क्यानाडामा रहेको नेपाली नेपाली टोलीले आज मंगलबार ओमानसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार किंग्स सिटी मैदानमा राति पौने ९ बजे सुरु हुनेछ ।
लिग–२ को जारी प्रतिस्पर्धामा यसअघि नेपाल लगातार तीन खेलमा पराजित भएको छ । पहिलो खेलमा नेपाल क्यानाडासँग फराकिलो अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा ओमानसँग एक विकेटले पराजित भएको नेपाल तेस्रो खेलमा क्यानाडासँगै ५ विकेटले पराजित भएको थियो ।
यो ओडीआई सिरिजपछि नेपालले क्यानाडा र ओमानसँगै टी–२० सिरिज पनि खेल्नेछ । त्यसपछि नेपालले क्यानाडा वा ‘ए’ टोलीसँग थप दुई एकदिवसीय अभ्यास खेल खेल्ने सम्भावना छ ।
प्रतिक्रिया
