विराटनगरमा मृत भेटिएकी युवतीको पहिचान खुलेन

विराटनगर । भारतसँगको सीमा नजिक सोमबार एक युवती मृत अवस्थामा भेटिएकी छन् । विराटनगर महानगरपालिका–१६ मा अन्दाजी ३० वर्षीया युवती मृत फेला परेकी प्रहरीले जनाएको छ ।

गाडा हरियो रंगको सर्ट र नीलो जिन्सको पाइन्ट लगाएकी युवतीको पहिचान खुल्न नसकेको प्रहरीको भनाइ छ । स्थानीय बासिन्दाले उनलाई लडिरहेको देखेपछि प्रहरीमा खबर गरेका थिए । प्रहरी टोली घटनास्थल पुगेर प्रारम्भिक जाँच गरेको थियो । त्यस क्रममा युवतीको भित्री वस्त्रबाट लागुऔषध बरामद भएको थियो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार युवतीले लगाएको भित्री वस्त्रभित्र लागुऔषध एभिल, डाइजापाम र नोरजेसिक फेला परेको हो । युवतीको शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमा राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *