नेपालले श्रीलंकालाई ४-० ले हरायो, सुजनको ह्याट्रिक
काठमाडाैँ । नेपालले साफ यु-१७ च्याम्पियनसिपमा पहिलो जित हासिल गरेको छ। श्रीलंका विरुद्धको खेलमा नेपालले ४-० को जित निकाल्दा सुजन डंगोलले ह्याट्रिक पूरा गरेका थिए ।
भुटानको चाङलिमिथाङ रङ्गशालामा आज भएको खेलको १३ औं मिनेटभित्रै नेपालले २-० को अग्रता बनाएको थियो। नवौं मिनेटमा सुजनको गोलमा नेपालले सुरुवाती अग्रता लिएको थियो।
१३औं मिनेटमा सुबास बमको सहयोगमा सुजनले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाए। दोस्रो हाफमा पनि दबाब बनाएको नेपालले ८३औं मिनेटमा विज्ञान खड्काको गोलमा ४-० को अग्रता बनायो।
नेपाल पहिलो खेलमा पाकिस्तानसँग १-० ले हारेको थियो। श्रीलंकाको भने यो लगातार दोस्रो हार हो। पहिलो खेलमा श्रीलंका भुटानसँग ५-१ ले पराजित भएको थियो।
समुहमा ‘बी’ मा रहेको नेपालले समुह चरणको अन्तिम खेलमा बुधबार भुटासँग खेल्नेछ। गत संस्करणमा नेपाल यो प्रतियोगिताको फाइनलमा पुगेको थियो। यो समुहको दुई शीर्ष टिम सेमिफाइनलमा पुग्ने छन। सेमिफाइनल असोज १२ र फाइनल १४ गते हुनेछ।
