आइसीसी विश्वकपमा दोस्रो पटक क्यानाडासँग नेपालको हार

काठमाडौँ । नेपालले आइसीसी विश्व कप लिग–२ को तेस्रो खेलमा पनि हार बेहोरेको छ । सोमबार विहान सम्पन्न खेलमा घरेलु टोली क्यानाडासँग नेपाल पाँच विकेटले पराजित भएको हो ।

१८२ रनको लक्ष्य पछ्याएको क्यानाडाले ४२ ओभरमा ५ विकेट गुमाएर १ सय ८६ रन बनाउँदै लक्ष्य पूरा गरेको थियो । क्यानाडाको किङ सिटीमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४६.१ ओभरमा अल आउट हुँदै १ सय ८१ रन मात्र बनाएको थियो ।

सन्दीप लामिछानेले ४८ बलमा सर्वाधिक ४९ रन जोडेका थिए । उनले ५ चौका र १ छक्का प्रहार गरेका थिए । गुलशन झाले ५६ बलमा ३४ रन बनाएका थिए । सोमपाल ४८ बलमा २१ रन बनाउदै साद विन जाफरको बलमा आउट भएका थिए । ओपनर अर्जुन साउदले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

करण केसी र सन्दीप लामिछानेले नवौं विकेटका लागि ३९ रनको साझेदारी गरेका थिए । करणले २८ बलमा २४ रन बनाएका थिए । क्यानाडाका लागि कलिम सानाले ३, हर्ष ठाकरले २ तथा सादविन जाफर, डिलोन हेलिगर र प्रविन कुमारले समान १ विकेट लिएका थिए ।

यसअघिका नेपाल क्यानाडासँग १ सय ३ रन तथा ओमानसँग १ विकेटले पराजित भएको थियो । नेपालले सोमबार ओमानसँग खेल्नेछ । आठवटा टोलीको सहभागिता रहेको लिग–२ मा १४ अंकका साथ क्यानाडा शीर्ष स्थानमा छ । नेपाल सात खेलमा दुई अंकका साथ नेपाल अंक तालिकाको पुछारबाट दोस्रोमा छ । छ खेलमा ओमानको पाँच अंक छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *