दुई सवारी ठोक्किएर भएको दुर्घटनामा वृद्धको मृत्यु
विराटनगर । विराटनगरमा मोटरसाइकल र सिटी सफारी ठोक्किएर दुर्घटना हुँदा ठक्कर लागेर पैदलयात्री वृद्धको मृत्यु भएको छ । गम्भीर घाइते भएका विराटनगर–१० का ७५ वर्षीय जोगेन्द्र महतोको मृत्यु भएको हो ।
प्रहरीका अनुसार विराटनगर महानगरपालिका–१० जहदा रोडमा प्रदेश १–०२–०४२ प २८२३ नम्बरको मोटरसाइकल र बी १ ह १८२३ नम्बरको सिटी सफारी ठोक्किएका थिए । भदौ ३१ गतेको उक्त दुर्घटनाका क्रममा पैदलयात्री महतो गम्भीर घाइते भएका थिए ।
उपचारका क्रममा आइतबार उनको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल पछाडि बसेकी विराटनगर–७ की सुनीता साह घाइते भएकी थिइन् । मोटरसाइकल चालक सुनीताका पति राहुलकुमार साह भने सकुशल रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया

Biratnagar maa city riksha driver lai traffic niyam purna rupmaa sikayara matra rod maa chalaunu dinu parxa natra ajhai dherrai ghatna hunxa