पूर्वी नाकाबाट ५२ प्रतिशतले बढ्यो चिया निर्यात

इलाम । झापाको मेची भन्सार नाकाबाट चालू आर्थिक वर्षको पहिलो दुई महिनामा चियाको निर्यात ५२ प्रतिशतले बढेको छ ।

भन्सार कार्यालयका अनुसार साउन र भदौमा ४ हजार ४ सय १२ मेट्रिक टन चिया निर्यात भएको हो । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ५२ प्रतिशतले बढी हो ।

चिया निर्यात बढेसँगै यसको मूल्य पनि बढेको छ । साउन र भदौमा एक अर्ब १३ करोड ३४ लाख १७ हजार रुपैयाँ बराबरको निर्यात भएको छ । यो अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ६२ प्रतिशतले बढी हो ।

दक्षिण भारतमा चिया उत्पादनमा कमी आएसँगै नेपालबाट चियाको निर्यात बढेको नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य पराजुलीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *