कोशीको पोस्टमा एपीएफको ८ गोल

काठमाडौँ । एन्फा महिला लिगमा कोशी प्रदेशले फराकिलो गोल अन्तरले हार ब्यहोरेको छ । एन्फा कम्लेक्समा शुक्रबार भएको खेलमा विभागीय टिम एपीएफले कोशीलाई ८–० ले हराएको हो । रश्मी कुमारी घिसिङले एपीएफका लागि पाँच गोल गरिन् । अनिता बस्नेतको कप्तानीमा रहेको टिमको लागि पाचौँ मिनेटमै रश्मीले दिएको पासमा अनिता केसीले गोल गरिन् ।

१९ औँ मिनेटमा कोशीकी सुस्मिता चौधरीले सविता राना मगरमाथि फल गरेपछि एपीएफले फ्रिकिक पायो । कप्तान अनिता बस्नेतले प्रहार गरेको फ्रिकिकले अर्को गोल थपेको थियो । यसैगरी, ५५ औँ मिनेटमा अस्मिताको मार्कमा रहेकी रश्मीले हेडर गोल गरिन् । अनिताले ८१ औँ मिनेटमा फेरि फ्रिकिकबाट सिधै पोस्टमा प्रहार गरिन् । कोशीविरुद्ध रश्मीले ८१ औँ मिनेटमा एक गोल थपिन् । यस्तै ८५ औँ मिनटमा उनले अर्को गोल गरेकी थिइन् ।

खेलको ८७ औँ मिनटमा उनले अर्को गोल गरेपछि एपीएफले ७–० को अग्रता बनाएको थियो । यस्तै, निर्धारित समयको एक मिनेट मात्र बाँकी छँदा रश्मीले अर्को गोल गरेकी थिइन् ।

आजको फराकिलो परायजसँगै कोशीको अन्तिम पाँचमा रहने सम्भावना कमजोर बनेको छ । लिगमा अपराजित एपीएफ सात खेलबाट १९ अंकका साथ शीर्ष स्थानमा छ । १० अंक जोडेको कोशी पाँचौँ स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *