कारमा गाँजा ओसार्ने विराटनगरका दुईजना पक्राउ
विराटनगर । कारमा राखेर गाँजा ओसारपसार गर्ने विराटनगरका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार बिहान प्रहरीले कार चालक विराटनगर–१५ का ३२ वर्षीय गणेश चौधरी र विराटनगर–१३ का २२ वर्षीय राजेश परियारलाई पक्राउ गरेको हो ।
विराटनगर महानगरपालिका–१५ स्थित २ नम्बर ढाटबाट ४३ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार विराटनगरबाट भारततर्फ जाँदै गरेको बा ८ च ७८८० नम्बरको कारलाई जाँच गर्दा पछाडिको सिटमा लुकाएर राखिएको अवस्थामा गाँजा फेला परेको थियो ।
प्रतिक्रिया
