ट्रकमा मोटरसाइकल ठोक्किँदा विराटनगरका युवकको मृत्यु
विराटनगर । पार्किङ गरी राखिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा आइतबार राति विराटनगरमा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर–१० का २५ वर्षीय कृष्ण मण्डल छन् ।
विराटनगर महानगरपालिका–१४ मा सडक छेउ पार्किङ गरेर राखिएको यूपी ३ पी २८९१ नम्बरको ट्रकमा प्रदेश १–०२–०४४ प ८०८५ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । प्रहरीका अनुसार मोटरसाइकलको पछाडि सवार मण्डलको मृत्यु भएको हो ।
मोटरसाइकल चालक विराटनगर–१५ का १८ वर्षीय राजीव मण्डल गम्भीर घाइते छन् । उनको विराट नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ । तीव्र गतिमा कुदाइएको मोटरसाइकल ट्रकमा ठोक्किएको प्रहरीको भनाइ छ । ट्रक चालक भारतको उत्तर प्रदेशका २८ वर्षीय मक्सुद आलमलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रतिक्रिया
