झापाको गिरीबन्धु टि स्टेटमा शंकास्पद वस्तु फेला

झापा । झापाको बिर्तामोडस्थित गिरीबन्धु टि स्टेटमा ‘प्रेसरकुकर बम’ जस्तो शङ्कास्पद वस्तु फेला परेको छ । कुकरमा तार जोडिएको अवस्थामा आज बिहान शङ्कास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको झापाका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।  प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार कुकरमा तार जोडिएको र बिर्को अलग्गै राखिएको पाइएको छ । आतङ्कित पार्ने उद्देश्यले उक्त कुकर राखिएको हुन सक्ने प्रहरीको अनुमान छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *