भारतीय कम्युनिष्ट पार्टीका अग्रज नेता सीताराम यचुरीको निधन

काठमाडौँ । भारतीय कम्युनिष्ट नेता सीताराम यचुरीको निधन भएको छ । भारतीय कम्युनिष्ट पार्टी (सीपीआई) का महासचिवसमेत रहेका यचुरीको बिहीबार ७२ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनी राज्यसभाका पूर्व सांसद पनि हुन् । लामो समयदेखि अस्वस्थ रहेका उनलाई अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचारका लागि भर्ना गरिएको थियो ।

श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि केही दिनदेखि एम्सको आईसीयूमा उनको उपचार भइरहेको थियो । यचुरी सन् २०१५ देखि सीपीआईको महासचिव थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *