सम्पदा घिमिरेले जितिन् ‘मिस युनिभर्स नेपाल-२०२४’ को उपाधि

काठमाडौँ । ‘मिस युनिभर्स नेपाल–२०२४’ को उपाधि सम्पदा घिमिरेले जितेकी छन् । बुधबार बेलुका ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित फिनालेमा उनले उपाधि जितेकी हुन् । २२ जना प्रतिस्पर्धीलाई पछि पार्दै २७ वर्षीया सम्पदाले मिस युनिभर्सको ताज पहिरिएकी हुन् ।

आयोजक संस्था ग्लोबल ग्ल्यामरकी प्रमुख संगीता पुरीले यसवर्षकी सम्पदालाई ताज पहिराइदिइन् । उनले आगामी नोभेम्बरमा मेक्सिकोमा हुने मिस युनिभर्स प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन् । ठूला सपना देख्न र मेहनत गर्ने कुरामा विश्वास गर्ने उनले बताएकी छन् । उनले आफू पशु प्रेमी र वन्यजन्तु संरक्षणको लागि वकालत गर्ने बताएकी छन् ।

स्मृति सिंह फस्ट रनरअप, अक्सिता क्षेत्री सेकेण्ड रनरअप, करिभिना इभा थर्ड रनरअप र सुजल बम फोर्थ रनरअप घोषित भए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *