सुर्खेत जान लागेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण

काठमाडौँ । त्रिभुवन विमानस्थलबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमान आज बिहान आकस्मिक अवतरण गराइएको छ । प्राविधिक समस्याको पहिचान भएपछि चालक दलले बिहान ८ बजे त्रिभुवन विमानस्थलमै आकस्मिक अवतरण गराएको जनाइएको छ ।

‘नोज ह्विल लक’ को समस्या देखिएपछि आकस्मिक अवतरण गराइएको हो । श्री एयरलाइन्सका बजार प्रबन्ध अनिल मानन्धरका अनुसार उक्त विमानका यात्रुलाई अर्को विमानमा चढाएर सुर्खेत पठाइएको छ ।

विमानमा देखिएको प्राविधिक समस्याबारे विज्ञ टोलीले जाँच गर्ने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *