‘त्यो फेरि फर्कला ?’ लिएर झापाको परिवर्तन थिएटर उडिसा महोत्सवमा

झापा । झापाको काँकडभिट्टामा रहेर रङ्गमञ्चीय गतिविधिमा सक्रिय परिवर्तन थिएटरको टोली भारतको उडिसामा हुने अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा सहभागी हुने भएको छ । त्यसका लागि आज टोली उडिसातर्फ जाँदैछ ।

टोलीले ‘त्यो फेरि फर्कला ?’ नाटक प्रदर्शन गर्ने परिवर्तन थिएटरकी अध्यक्ष कविता नेपालले जानकारी दिइन् । भवानी भिक्षुको उक्त कथालाई नाट्य रुपान्तरणसहित नेपालले नै निर्देशन गरेकी हुन् ।

नौ जनाको टोलीमा लोमश पौडेल, गणेश बस्नेत, कविता नेपाल, झरना खनाल, भूमिका न्यौपाने, भावना न्यौपाने, हिलारी पोर्तेल, गगन क्षेत्री, दीक्षा मरासिनी सहभागी छन् ।

सेप्टेम्बर १२ देखि १७ सम्म सञ्चालन हुने नाट्य महोत्सवमा परिवर्तन थिएटरले १२ सेप्टेम्बर साँझ आफ्नो नाटक प्रस्तुत गर्नेछ । महोत्सव इन्डिया थिएटर ओलिम्पियाडले आयोजना गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *