पोखरीमा डुबेर धनुषामा तीन बालकको मृत्यु
जनकपुरधाम । मावली घरमा आयोजना गरिएको भोज खान गएका तीन बालकको पोखरीमा डुबेर मृत्यु भएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–७ मा रहेको पोखरीमा डुबेर बुधबार साँझ उनीहरूको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहका अनुसार मृत्यु हुनेमा १० वर्षीय आदित्यकुमार साह, नौ वर्षीय आयुष साह र १४ वर्षीय सुशान्त साह छन् ।
मावलीका हजुरबुवा महावीर साहको घरमा भोज खान गएका बेला उनीहरु घर नजिकैको पोखरीमा पौडी खेल्दा डुबेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया