तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु
काठमाडौँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहारा नजिकै भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ । पोखराबाट काठमाडौँ गइरहेको ४३ जना सवार यूपी ५३ एफटी ७६२३ भारतीय नम्बरको बस आज बिहान सडकबाट मर्स्याङ्दीमा खसेको थियो ।
दुर्घटनालगत्तै १४ जनाको मृत्यु भएको थियो । अन्यको पछि मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार दुर्घटनामा गम्भीर घाइते १६ जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमा काठमाडौँ पठाइएको छ ।
मृत्यु हुने सबैको शव आँबुखैरेनी गाउँपालिकामा राखिएको छ । उक्त बस भदौ ४ गते बेलहिया नाकाबाट ८ दिनको रुट परमिट लिएर नेपाल भित्रिएको थियो ।
प्रतिक्रिया