पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक भाग नामकरण

काठमाडौँ । अन्तर्राष्ट्रिय खगोलीय संघ (आइएयु) को ग्रह प्रणाली नामकरण कार्य समूहले चन्द्रमाको एक क्रेटरलाई ‘ल्हामु’ नामकरण गरेको छ । उक्त नाम स्वीकृत गरेको अमेरिकी भूगर्भ सर्वेक्षणले घोषणा गरेको छ ।

सगरमाथा आरोहण गर्ने प्रथम नेपाली महिला पासाङ ल्हामू शेर्पालाई सम्मान गर्न र उनको अतुलनीय उपलब्धिलाई मनाउन चन्द्रमाको दक्षिण ध्रुवको एक महत्वपूर्ण पर्वतको शिखरमा रहेको क्रेटरलाई युएस जियोलोजिकल सर्भे (युएसजीएस) ले ‘ल्हामु क्रेटर’ नामकरण गरेको हो ।

पासाङ ल्हामु शेर्पाको उपलब्धिले युवा नेपाली महिलाहरूका लागि सफलताको बाटो खोलिदिएको उल्लेख गर्दै नेपालस्थित अमेरिकी दूतावासले यो जानकारी सार्वजनिक गरेको हो ।

यस कार्यले विश्वभरिका धेरै महिलाहरूलाई अझ उच्च लक्ष्यमा पुग्न प्रेरित गरेको दूतावासले आफ्नो फेसबुक पेजमा उल्लेख गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *