बाढी पहिरोमा परी ८ जनाको मृत्यु ६ बेपत्ता

काठमाडौँ । बाढी, पहिरो र डुबानका कारण विभिन्न जिल्लामा ८ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार शनिबार साँझसम्म ६ जना बेपत्ता भएका छन् । विभिन्न जिल्लाका ७ जना घाइते भएका छन् ।

विपद्जन्य घटनामा परेर स्याङ्जामा तीन, पर्वतमा दुई, काठमाडौँमा एक र काभ्रेमा खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ । देशका विभिन्न स्थानमा तीन दर्जनभन्दा बढी सडक आवागमन अवरुद्ध भएको प्रधान कार्यालयले जनाएको छ ।

यसैगरी, दाङमा दुई, तनहुँमा तीन, दोलखामा एक गरी ६ जना बेपत्ता भएका छन् । तनहुँ, गुल्मी र ओखलढुङ्गामा गरी सातजना घाइते भएको प्रहरीले जनाएको छ । भारी वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ । कोशी नारायणीलगायत ठूला नदीमा जल सतह उच्च भएको छ । साना खोलाहरुमा पनि बाढी आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *