पहिरोमा पुरिएर स्याङ्जामा ३ जनाको मृत्यु
काठमाडौं । स्याङ्जाको बिरुवा गाउँपालिका–६ लामाखेतमा पहिरोमा पुरिएर तीनजनाको मृत्यु भएको छ । अविरल वर्षापछि आज अपराह्न खसेको पहिरोमा पुरिएर तीनजनाको मृत्यु भएको प्रहरीले जनाउको छ ।
मृत्यु हुनेमा बिरुवा गाउँपालिका–६ माझकोटकी ६७ वर्षीया हरिमाया शर्मा, ७१ वर्षीय माधव शर्मा र ६५ वर्षीया गुह्येश्वरी शर्मा छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाका अनुसार घर नजिक खसेको पहिरोमा परी उनीहरुको मृत्यु भएको हो ।
पहिरोमा परी पाँचजना घाइते भएका छन् । उनीहरूको स्थानीय बासिन्दा र प्रहरी मिलेर उद्धार गरिएको थियो । घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
