गृहमन्त्री लामिछानेले दलहरूसँग मागे विपतमा स्वयंसेवा गर्नेको विवरण

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलहरूसँग प्राकृतिक विपद्को समयमा स्वयंसेवकको भूमिका गर्ने व्यक्तिहरूको विवरण माग गरेका छन् ।

मनसुन पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धमा बिहिवार राजनीतिक दलहरूसँग अन्तरक्रिया गर्दै उपप्रधानमन्त्री लामिछानेले विपदमा स्वयंसेवा गर्ने व्यक्तिहरूको विवरण माग गरेका हुन् ।

मनसुनजन्य विपदमा स्वयंसेवकहरू आवश्यक पर्ने उल्लेख गर्दै दलहरूले आफ्नो तर्फबाट कति स्वयंसेवक दिनसक्छन्, त्यसैअनुसार मन्त्रालयले योजना बनाउने उनले बताए ।

गृहमन्त्री लामिछानेले दलहरूले दिने जनशक्तिमध्ये कति जना विपदमा राहत, उद्धारमा अनुभव भएका हुन्छन् भन्ने कुरा पनि खुलाउन आग्रह गरेका थिए ।

प्राकृतिक विपद्का बेलामा काम गर्नका लागि राजनीतिक दलहरूले साझा मञ्च बनाउनु आवश्यक रहेकोमा पनि उनले जोड दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *