यूएईका लागि नेपाली कामदारको अनलाइन मागपत्र प्रमाणीकरण सुरु

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) का लागि नेपाली कामदारहरूको अनलाइन मागपत्र प्रमाणीकरण गर्न सुरु भएको छ । बिहिवार भर्चुअल कार्यक्रम गरेर उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले कन्सुलर सेवा विभागबाट अनलाइन मागपत्र प्रमाणीकरण कार्यको शुभारम्भ गरेका हुन् ।

विदेशस्थित नेपाली नियोगहरूबाट रोजगारदाता कम्पनीहरूले गर्नुपर्ने वैदेशिक रोजगारसम्बन्धी मागपत्र प्रमाणीकरणको काम अनलाइन प्रणालीमार्फत हुँदा रोजगारदाता कम्पनीहरूले राजदूतावासमा धाइरहनु पर्दैन ।

यसले राजदूतावासको सेवा प्रवाह अझ बढी सरल, विश्वसनीय, पारदर्शी र गुणस्तरीय हुने सरकारको अपेक्षा छ ।

यस प्रणालीमा दूतावासबाट गरिएको मागपत्र प्रमाणीकरण एपीआई मार्फत फेमिसमा स्वतः आबद्ध हुने भएकोले कम्पनीहरूले मागपत्रको अवस्था स्वयम् हेर्न सक्ने हुँदा मागपत्र प्रमाणीकरणमा विद्युतीय सुशासन कायम हुने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *