पोखराबाट ‘एक्टर’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘एक्टर’को छायांकन शुक्रबारबाट सुरु गरिएको छ । पोखराको विन्ध्वासिनी मन्दिरमा पुजा गर्दै फिल्मको छायांकन सुरु गरिएको हो । पुजामा फिल्मका प्रमुख कलाकार प्रदीप खड्का र नवनायिका दिव्या रायमाझी उपस्थित थिए ।

राजन भुसालको निर्देशन रहने फिल्ममा प्रदीप र दिव्यासँगै आना शर्मा, राजवल्लभ कोइराला, दिव्य देव, सुशील सिटौला लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

फिल्मको केही दिनअघि भैंसीपाटीस्थित कार्यविनायक मन्दिरमा वैदिक विधि अनुसार पूजापाठसमेत गरिएको थियो । पोखरामा फिल्मको छायांकन १० दिनसम्म हुनेछ । त्यसपछि एक महिनासम्म काठमाडौंमा छायांकन हुनेछ ।

थमनकुमारी भण्डारी फिल्मकी निर्माता हुन् । अदृत फिल्मस् र मोती फिल्मस्को प्रस्तुतिमा रहेको फिल्ममा नरेन्द्र मैनालीको छायांकन हुनेछ । फिल्मको लाइन प्रोड्युसर तोरन क्षेत्री हुन् । फिल्म आगामी कार्तिक १५ गते लक्ष्मीपुजाको दिन रिलिज हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *