म्याराडोनाको गोल्डेन बल लिलामीमा

काठमाडौं । महान फुटबल डिएगो म्याराडोनाको गोल्डेन बल ट्रफी अक्सन (लिलामी) मा राखिने भएको छ । म्याराडोनाले सन् १९८६ को विश्वकपमा उत्कृष्ट खेलाडीको रुपमा प्राप्त गरेको गोल्डेन बल ट्रफी लिलामीमा समावेश गरिएको छ ।

‘एगुएट्स अक्सन’ का अनुसार उक्त ट्रफीको लिलामी फ्रान्समा अर्को महिना हुने छ ।

अक्सनमा जान लागेको पहिलो गोल्डेन बल भएकाले यसको मूल्य अहिले नै तय भएको छैन । जुन ६ मा फ्रान्समा हुने अक्सनमा यसको निकै महंगो तोकिने अनुमान गरिएको छ ।

म्याराडोनाको कप्तानीमा अर्जेन्टिनाले फाइनलमा पश्चिम जर्मनीलाई ३–२ ले हराएर १९८६ को विश्वकप जितेको थियो । गोल्डेन बल ट्रफी सन् १९८२ को विश्वकपबाट सुरु भएको थियो । म्याराडोनाको मृत्यु २५ नोभेम्बर २०२० मा भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *